Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अटो

बिवाईडी सिल भर्सेस हुन्डाई आयोनिक ५, मूल्य र बिशेषताका आधारमा कुन अब्बल ?

बिवाईडी सिल भर्सेस हुन्डाई आयोनिक ५, मूल्य र बिशेषताका आधारमा कुन अब्बल ?

बिवाईडी सिल भर्सेस हुन्डाई आयोनिक ५, मूल्य र बिशेषताका आधारमा कुन अब्बल ?

काठमाडौं, ६ माघ । नेपालमा पछिल्लो समय प्रिमियम सेग्मेन्टका गाडी पनि सडकमा बाक्लै देखिन थालेका छन् । गत केहि दिन अघि मात्रै प्रिमियम सेग्मेन्टकै किया ईसिक्स नेपाल भित्रिएको थियो ।

यसअघि नै नेपालमा आएर राम्रो चर्चा कमाएको हुन्डाई आयोनिक फाइभलाई पनि इभि पारखीले रुचाएको पाइन्छ । शुक्रबार विश्वभर तहल्का मच्याएको बिवाईडी सिल पनि नेपालमा सार्वजनिक भएको छ ।

बिवाईडी गाडीको बिक्रेता साइमेक्स इंकले सिल बिक्री सुरु गरेको छ। प्रिमियम सेग्मेन्टका विद्युतीय गाडी धमाधम भित्रिदा प्रतिस्पर्धा पनि बढेको छ । आज हामी हालै भित्रिएको बिवाईडी सिल र लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको हुन्डाई आयोनिक ५ बारे चर्चा गर्ने छौं ।

बिवाईडी सिल

हिजो शुक्रबारबाट प्रिमियम कार सिलको बिक्री सुरु भएको छ । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले ल्याएको यो लग्जरी गाडी मुल्य र बिशेषताका हिसाबले अब्बल देखिन्छ । अन्तराष्ट्रिय बजारमा समेत राम्रो चर्चा पाएको यो गाडीले तीन भेरियन्टमा नेपाल आएको छ ।

लुक्स र प्रिमियम फिचर भएको यो सेडान कारले अन्तराष्ट्रिय बजारमा राम्रो लोकप्रियता कमाएको छ । यस अघि नेपालमा साइमेक्स इंकले ल्याएको एटो थ्रि इभि पारखीको पहिलो रोजाइ बनिसकेको छ । कम्पनीले यो गाडीको मूल्य १ करोड ५ लाख तोकेको छ । गाडी लग्जरी भेरियन्टमा पर्छ । बिवाईडी सिलमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक जसले फुल चार्जमा ५७० किलोमिटर रेन्ज दिन्छ ।

यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ । बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गरिरहेको यो गाडी ई–प्लाटफर्म ३.० डिजाइन गरिएको छ । यो गाडीमा रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने छ । १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ ।

हुन्डाई आयोनिक ५

अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावट युक्त र प्रिमियम इलेक्ट्रिक कार हो । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लमसेल हुड, एक्टिभ एयर इन्टेक र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।

हुन्डाईको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपीमा बनेको यो पहिलो कार हो । आयोनिक ५ को डिजाइन मात्र आकर्षक छैन, यसको इन्टेरियर नै लोभलाग्दो छ भने चार्जिङ र अन्य सुविधा समेत फरक छ । नेपाली बजारमा उपलब्ध हुने आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न फिचर पाउन सकिन्छ । आयोनिक ५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । सोलार रुफ चाहिं गाडीलाई १०० किलोमिटर गुडाउदा ५ देखि ७ प्रतिशत सम्म सोलार पावरले आफै रिचार्ज हुने कन्सेप्टमा बनाइएको हो ।

नेपाली बजारमा हुन्डाई आयोनिका फाइभको मूल्य एक करोड दुई लाख तोकिएको छ । मूल्यका आधारमा हुन्डाई आयोनिक फाइभ र बिवाईडी सिलमा खासै फरक नदेखिएपछि टेक्नोलोजी र पावरका आधारमा बिवाईडी सिल अब्बल देखिन्छ ।

सम्बन्धित समाचार