Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

अर्थ प्लस
सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौँ, साउन ४ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।

साविक सूर्याेदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्याेदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको हो । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । एफपीओ निष्काशन छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बन्द हुनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सम्बन्धित समाचार