Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पूर्वीनाकाबाट १५ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात,सवैभन्दा बढी जैविक चिया

पूर्वीनाकाबाट १५ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात,सवैभन्दा बढी जैविक चिया

अर्थ प्लस
पूर्वीनाकाबाट १५ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात,सवैभन्दा बढी जैविक चिया

काठमाडौँ, साउन ८ । पूर्वीनाका काकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको ४ हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा १ अर्ब २४ करोड ८ लाख ५० हजार मूल्य बराबरको ९ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड ४ लाख ३ हजार रुपैयाँको अदुवा निर्यात भएको छ ।

सम्बन्धित समाचार