Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

ओटीसी बजारमा ५ अर्बको कारोबार,एउटै कम्पनीको शेयरमूल्य ९ हजारसम्म(सूचीसहित)

ओटीसी बजारमा ५ अर्बको कारोबार,एउटै कम्पनीको शेयरमूल्य ९ हजारसम्म(सूचीसहित)

अर्थ प्लस
ओटीसी बजारमा ५ अर्बको कारोबार,एउटै कम्पनीको शेयरमूल्य ९ हजारसम्म(सूचीसहित)

काठमाडौँ, साउन ८ । गत आर्थिक वर्ष २०८०/ ०८१ मा ओटीसी बजारबाट ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार तथ्यांक सार्वजनिक गर्दै ३ करोड ६५ लाख कित्ता शेयर किनेबेच हुँदा उक्त रकम कारोबार भएको हो । 

पछिल्लो समय ओटीसी कारोबारमा गर्ने लगानीकर्ताहरुको संख्या पनि बढ्दो छ । यस कारोबारलाई पनि डिजिटलमार्फत कारोबार गर्ने व्यवस्था मिलाउने नेप्सेको तयारी छ । गत वर्ष ३१ वटा कम्पनीको १०० रुपैयाँदेखि ९ हजार ३७५ रुपैयाँसम्ममा शेयर किनबेच भएको हो । जसमा वर्डलिंकको शेयरमूल्य सबैभन्दा उच्च छ।

कस्ता कम्पनीको कारोबार हुन्छ ओटीसी बजारमा ?

नेप्सेले ओटीसी अवधारणा विकास गरी विसं २०६४ सालदेखि यो सञ्चालनमा ल्याएको हो । २०७२ माघ १८ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार ओटीसी बजारमार्फत खरिदबिक्री गरिन्छ। हालसम्म जम्मा २४४ वटा कम्पनीहरु यस बजारमा दर्ता भइ कारोबार भइरहेका छन् ।

हेर्नुहोस सूची :


सम्बन्धित समाचार