Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

काठमाडौ, ७ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन नेपाल भित्र्याइएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ६ महिनामा अर्थात साउनदेखि पुष मसान्तसम्ममा १५ अर्ब पाँच करोड २७ लाख रुपैयाँ बराबरको १० लाख १५ हजार २८६ स्मार्टफोन भित्र्याइएको हो ।

यी स्मार्टफोन आयातबापत सरकारले दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढीका आठ लाख ९५ हजार ५७० स्मार्टफोन आयात गरिएको थियो । त्यसबापत सरकारले दुई अर्ब ४२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो ।

सम्बन्धित समाचार