Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अटो

कर बढ्ने हल्लाले विद्युतीय गाडी आयातमा रेकर्ड, महिना दिनमै भित्रिए १४ सय कार, किन सशंकित भए व्यवसायी ?

कर बढ्ने हल्लाले विद्युतीय गाडी आयातमा रेकर्ड, महिना दिनमै भित्रिए १४ सय कार, किन सशंकित भए व्यवसायी ?

कर बढ्ने हल्लाले विद्युतीय गाडी आयातमा रेकर्ड, महिना दिनमै भित्रिए १४ सय कार, किन सशंकित भए व्यवसायी ?

काठमाडौ, ७ माघ । विद्युतीय कार आयातमा कर बढाउने अर्थमन्त्री डा‍‍. प्रकाश शरण महतको तयारीपछि अटो व्यवसायी त्रसित बनेका छन् ।

खासगरी अर्थमन्त्री महतले विद्युतीय गाडीमा सरकारले दिएको सहुलितका कारण राजस्व संकलनमा दबाब परेको भन्दै कर बढाउने छलफल चलाएपछि व्यवसायीहरु धेरै परिणाममा गाडी आयात गरेको पाइएको छ ।

बजेटको अर्धबार्षिक समीक्षा मार्फत नै अर्थमन्त्रीले विद्युतीय गाडीमा कर बढाउने तयारी गरेको सूचना पाएपछि व्यवसायीहरुले महिना दिनमै ठूलो परिणामा गाडी आयात गरेको भन्सार विभागको तथ्याङ्कले पुष्टि गरेको छ ।

गत नाडाको साधारणसभामै व्यवसायीहरुलाई कर बढाउने बिषयमा नबोल्न भनेका थिए । सोहि कार्यक्रममा महतले ठूला ठूला लग्जरी गाडी पनि नेपाल आउँदा मोटर पावर घटेर आउने गरेको र त्यसले राजस्वमा दबाब परेको बताएका थिए । उनले सरकारले विद्युतीय गाडीमा दिएको सहुलियतको दुरुपयोग भएको समेत भन्न भ्याएका थिए ।

अर्थमन्त्रीको सो अभिव्यत्तिपछि सशंकित बनेको अटो बिक्रेताले पुस महिनामा ठूलो परिणामा गाडी भित्र्याएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ । विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा विद्युतीय गाडी आयातमा रेकर्ड कायम भएको छ । कर बढ्नु अघि नै नेपालमा बिक्री हुने कम्पनीहरुले ठूलो युनिटमा गाडी ल्याएका हुन ।

तथ्याङ्क अनुसार पुस महिनामा मात्रै १४ सय २१ ओटा ५० किलोवाटदेखि २०० किलोमाट माथि मोटर क्षमताका गाडी भित्रिएका छन् । बीवाइडी, टाटा, एमजी, सेरेस जस्ता ब्राण्डले ठूलो परिमाणमा ईभी आयात गरेका हुन् । पुसमा यी कम्पनीहरुको कार आयात चाडपर्वको समयमा भन्दा धेरै देखिएको छ ।

गत मंसिरमा ८ सय ८१ ओटा विद्युतीय गाडी आयात भएकोमा पुसमा आइपुग्दा झन्दै दोब्बर गाडी नेपाल भित्रिएका हुन ।

कर बढाउने हल्लाले बिक्रेतामा दबाब परेको एक व्यवसायी बताउछन । ‘अहिले विद्युतीय गाडीको बिक्री एकलौटी छ, आईसिई इन्जिन गाडीको बिक्री शुन्य जस्तै बनेको अवस्था हो,’ ती व्यवसायीले भने ‘सरकारले यदि कर बढायो भने अहिले भएको विद्युतीय गाडी बिक्रीको माहोल बिग्रन्छ।’ 

उनका अनुसार सरकारको विद्युतीय गाडीको अस्थिर नीतिका कारण उपभोक्तमा समेत विश्वास गुम्न सक्छ ।

विद्युतीय गाडीमा कर बढाउने बिषयमा अर्थमन्त्रालय भित्र व्यापक छलफल चलेपछि अटोमोबाइल व्यवसायी कर नबढाउन अर्थमन्त्रीसँग लविङ गर्दै आएका छन । तर, अर्थमन्त्रालय भने नेपाल भित्रिने अघिकांश विद्युतीय गाडी मोटर पावर घटेर आउने गरेको निष्कर्षमा पुगेको छ ।

पुसमहिनासम्मको को तथ्याङकमा ५० किलोवाट मोटर क्षमता भएका गाडी दुई हजार ५६ ओटा आयात भएका छन । त्यस्तै ५१ देखि सय किलोवाट सम्मका दुई हजार ९७० ओटा आयात भएका छन् । यी क्षमताका गाडी बिवाईडी, एमजी ब्रान्डका धेरै आयात भएका छन । सय किलोवाट माथिका भने ६३ ओटा मात्रै कार नेपाल भित्रिएका छन ।

जसमा बिवाईडी र टाटाका मात्रै ११ सय हाराहारी गाडी छन । हाल नेपाली बजारमा बिवाईडी एटो थ्रि, डल्फीन र टाटाका टियागो इभी, नेक्सन, टिगोर सर्वाधिक बिक्री हुँदै आएका छन ।

सम्बन्धित समाचार