Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

कर्मचारी सञ्चयकोषले दिने स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने

कर्मचारी सञ्चयकोषले दिने स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने

कर्मचारी सञ्चयकोषले दिने स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने

काठमाडाैं, २५ पुस । कर्मचारी सञ्चयकोषले यस अघि सञ्चयकर्तालाई मात्रै दिने गरेको स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने गरि व्यवस्था गरेको छ ।

फागुन १ गतेदेखि लागू हुने गरि कोषले सञ्चयकर्ताको पति वा पत्निलाईसमेत उपचार सुविधा समावेश गरेको जानकारी दिएको हो । कोषले साधारण रोगको हकमा प्रत्येक वर्ष बढिमा रु. १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा रु. १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसैगरी सोही मितिदेखि लागू हुने गरी सञ्चयकर्ताले उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको र सो सूचीमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराईने पनि जनाइएको छ । स्वास्थ्य उपचार सुविधा कोशी प्रदेशका १५, मधेश प्रदेशका ९, बाग्मती प्रदेशका ६०, गण्डकी प्रदेशका १५, लुम्बिनी प्रदेशका १६, कर्णाली प्रदेशका २ र सुदूरपश्चिम प्रदेशका तीन अस्पतालबाट लिन सकिनेछ ।

सम्बन्धित समाचार