Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सांसद अमरेशले संसदमा नाम लिएका ४ वटै कम्पनीको शेयरमूल्यमा भारी गिरावट

सांसद अमरेशले संसदमा नाम लिएका ४ वटै कम्पनीको शेयरमूल्यमा भारी गिरावट

अर्थ प्लस
सांसद अमरेशले संसदमा नाम लिएका ४ वटै कम्पनीको शेयरमूल्यमा भारी गिरावट

काठमाडौं, साउन २२ । प्रतिनिधि सभाका स्वतन्त्र सासंद डा अमरेश कुमार सिंहले सोमबार संसदमा नामै किटेर कम्पनीको शेयरमा अस्वभाविक कारोबार भएको भन्दै प्रश्न उठाएका चार वटै कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

उनले आकस्मिक समयमा बोल्दै कम्पनी र कम्पनीको प्रबन्धकहरुको नामै लिएर शेयरमूल्यमा चलखेल भएको हुन सक्ने भन्दै छानविनको माग गरेका थिए ।  कानून बनाउने थलोमै शेयर बजारका कम्पनीको नामै टिकेर आशंका व्यक्त गरेपछि लगानीकर्ताहरु आत्तिएका छन् । जसले गर्दा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

यो समाचार तयार पार्दाको समय २: २५ बजेसम्ममा उनले नाम लिएका नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसअघि उच्च अंकले बढेको बजारमा सोमबार मंगलबार उल्टो सर्किट लागेको हो। प्रतिकित्ता २ हजार १५४ रुपैयाँसम्म पुगेको उक्त कम्पनीको शेयरमूल्य दुई दिनमै घटेर १ हजार ३८.६० रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै,हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य पनि ७.३६ प्रतिशतले घटेको छ । कम्पनीको अघिल्लो कारोबार दिन सोमबार भने शेयरमूल्य ९.३८ प्रतिशतले बढेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७८१ रुपैयाँबाट घटेर हालसम्म १ हजार ६५० रुपैयाँमा भरेको छ । 

त्यस्तै, उनले लिएको अर्को नाम एनआरएन इन्फाष्ट्रचरको डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि घटेको छ । कम्पनीको हालसम्ममा शेयरमूल्य ६.२८ प्रतिशतले घटिसकेको छ। अघिल्लो दिन उक्त कम्पनीको शेयरमूल्य ४.७७ प्रतिशतले बढेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ९९ रुपैयाँबाट घटेर १ हजार ३० रुपैयाँ झरेको छ । 

 त्यस्तै अर्को चौथो कम्पनीको नाम हो,नेपाल हाइड्रो डेम्लोपर्स कम्पनीको शेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ ।  अघिल्लो दिन कम्पनीको शेयरमूल्य  ४.५५ प्रतिशतले अन्तिम समयमा घटेको थियो ।

यो पनि हेर्नुहोस् :

कृत्रिम रूपमा सेयर बजार बढाइयो, सरकारको ध्यान जाओस् : अमरेश सिंह

सम्बन्धित समाचार