Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

१४५ अकंले घट्यो मार्केटः साढे २३ अर्बको ऐतिहासिक कारोबार, माफिया बजारबाट निस्किदा नयाँ लगानीकर्ता डुबे

१४५ अकंले घट्यो मार्केटः साढे २३ अर्बको ऐतिहासिक कारोबार, माफिया बजारबाट निस्किदा नयाँ लगानीकर्ता डुबे

अर्थ प्लस
१४५ अकंले घट्यो मार्केटः साढे २३ अर्बको ऐतिहासिक कारोबार, माफिया बजारबाट निस्किदा नयाँ लगानीकर्ता डुबे

काठमाडौं, साउन २२ । शेयर बजार राताम्य भएको छ । बजारमा आएको भारी गिरावटले शेयर लगानीकर्ता त्रसित बनेका छन् । पछिल्ला केहि दिन यता निरन्तर उचाई तिर लम्किरहेको बजारमा आज भने पहिरो गएको हो ।

पुँजी बजारमा आएको गिरावटले केहि लगानीकर्ताले करेक्सन भनेका छन् भने केहिले चलखेल गर्नेहरुले स–साना लगानीकर्ता डुबाएको बताउँदै आइरहेको छन् । सोमबार सांसद अमरेश कुमार सिंहले बजार कृत्रिम रुपमा केहि सीमित ब्यक्तिले बढाएर साना लगानीकर्ताको लगानी जोखिममा पारेका बताएका थिए । उनले केहि कम्पनी र लगानीकर्ताहरुको नाम नै लिएर चलखेल भइरहेको हुँदा छानबिन हुनुपर्ने माग गरे । जसले गर्दा शेयर बजारका लगानीकर्ताको मनोबल खस्किएको छ ।

पूर्वअर्थमन्त्री प्रकाश सरण महतले पनि बजारमा माफियाहरु चलखेल भइरहेको तर्क गरेका थिए । उनले मौद्रिक नीति मार्फत खुुकुलो नीतिले बजारमा माफियाको चलखेल बनाएको तर्क राखेका हुन् । जसले गर्दा लगानीकर्ता त्रसित बन्न पुगेका छन् । एक महिना अघि ५।६ सय रुपैयाँ रहेको केहि कम्पनीहरुको शेयर मूल्यमा आएको उछालले माफियाले खेलि रहेको प्रष्ट हुन्छ ।

नवप्रवेशी लगानीकर्ता यो समयमा डुब्नबाट बच्नु पर्ने देखिन्छ । केहि सीमित ब्यक्तिले वित्तीय अवस्था, नेटवर्थ, इपिएस नै ऋणात्मक भएको कम्पनीमा चलखेल गरेर साना लगानीकर्ताको लगानी जोखिम पार्ने गरेका छन् । अहिले ठुला लगानीकर्ता नाफा बुक गर्ने बाहिर निस्किएका छन् । जसले गर्दा साना लगानीकर्ताको लगानी खरानीमा पानी जस्तै भएको छ ।

ठुला लगानीकर्ता बिक्री गर्ने तिर हाबि हुँदा शेयर बजारमा इतिहासिक कारोबार भएको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अकंले घटेर २६५१.३२ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ५करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ खर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ५.९६ प्रतिशत, विकास बैंक समूहको ५.४३ प्रतिशत, फाइनान्स समूहको ८.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ८.०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार आठ कम्पनीको शेयर मूल्य मात्र बढेको छ । २२३ कम्पनीको शेयर मूल्य राताम्य भएको छ ।

सम्बन्धित समाचार