Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.३९ प्रतिशत बढ्यो, लाभांश क्षमता भने घट्यो

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.३९ प्रतिशत बढ्यो, लाभांश क्षमता भने घट्यो

अर्थ प्लस
राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.३९ प्रतिशत बढ्यो, लाभांश क्षमता भने घट्यो

काठमाडौं, साउन २३ । राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्ममा रू. ५ अर्ब ५५ करोडभन्दा बढी नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा ९ दशमलव ३९ प्रतिशत बढी हो । सो आवमा यी कम्पनीहरूले रू. ५ अर्ब ७ करोड नाफा कमाएका थिए । 

गत आवमा कम्पनीहरूको नाफामा वृद्धि भएपनि लाभांश क्षमता भने घटेको छ । सो आवमा आठ कम्पनीमध्ये दुई कम्पनीको मात्रै लाभांश क्षमता बढेको छ, जसमा कामना सेवा विकास बैंक र गरिमा विकास बैंक छन् ।

तीमध्ये कामना सेवा विकास बैंकको लाभांश क्षमता सबैभन्दा बढी छ । यस कम्पनीको लाभांश क्षमता १० दशमलव ९१ प्रतिशत छ । यो अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा यस कम्पनीको लाभांश क्षमता १ दशमलव ६१ प्रतिशत थियो । 

गरिमा विकास बैंकको लाभांश क्षमता १० दशमलव ५२ प्रतिशत छ । अघिल्लो आवमा यस बैंकको लाभांश क्षमता ९ दशमलव ९८ प्रतिशत थियो ।

गत आवमा बाँकी ६ विकास बैंकको लाभांश क्षमता घटेको छ । तीमध्ये ज्योति विकास बैंकको लाभांश क्षमता ऋणात्मक छ । 

रकमका आधारमा नाफा सर्वाधिक कमाउनेमा मुक्तिनाथ विकास बैंक

आठ विकास बैंकमध्ये रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ अर्ब २७ करोड नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २ दशमलव ४८ प्रतिशत हो । सो आवमा कम्पनीले रू. १ अर्ब २४ करोड नाफा कमाएको थियो । 

रकमका आधारमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । यस बैंकले गत आवमा रू. १ अर्ब १३ करोड नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १० प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब २६ करोड नाफा कमाएको थियो ।  

यी आठ कम्पनीमध्ये सबैभन्दा कम नाफा ज्योति विकास बैंकको छ । गत आवको चौथो त्रैमाससम्ममा यस कम्पनीले रू. २४ करोड ६५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा १८ दशमलव ३३ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू. ३० करोड १८ लाख नाफा कमाएको थियो ।

सम्बन्धित समाचार