काठमाडौं, साउन २५ । नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्न एनआईएमबी बैंकसँग साझेदारी गरेको छ। साझेदारीसँगै ग्राहकलाई एमजी मोटर्सले इलेक्ट्रिक गाडीमा ८० प्रतिशतसम्मको वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
साझेदारीअन्तर्गत एमजी इलेक्ट्रिक गाडीमध्ये एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी समावेश छन्। खरिद गर्न इच्छुक ग्राहकले एनआईएमबी बैंकको जुनसुकै शाखाबाट सरल वित्तीय सुविधा पाउन सक्ने छन्।
सहमति अनुसार बैंकले ब्याज दर र अनुकूलनशील सर्तसँग इलेक्ट्रिक गाडीका लागि ८० प्रतिशतसम्मको वित्तीय सहायता प्रदान गर्नेछ।
पर्यावरणमैत्री गाडीको लागि सरल वित्तीय योजना
बैंकले एमजी इलेक्ट्रिक गाडीको लागि आकर्षक ब्याज दरसहितको अटो लोन प्रदान गर्नेछ। जुन आधार दरमा १ प्रतिशत प्रिमियम प्रतिवर्ष जोडिएको हुनेछ।
२० प्रतिशत अग्रिम भुक्तानीको आवश्यकता भएका ग्राहकले कुनै पनि एमजी इलेक्ट्रिक गाडी सुलभ मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साझेदारीले तीन कार्य दिनभित्र लोन स्वीकृत गरिने बताइएको छ।
'एनआईएमबी बैंकसँगको साझेदारी ग्राहकका लागि एमजी इलेक्ट्रिक गाडीलाई पहुँच योग्य बनाउन महत्त्वपूर्ण कदम हो,' पारामाउन्ट मोटर्सका प्रवक्ताले भने।
