काठमाडौँ, साउन २७ । सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंसको अटो मोबाइल डिभिजन सीजी मोटो कर्पले साउन २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।
लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले बताएको छ ।
ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको पनि कम्पनीले बताएको छ।सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छूट र अन्य अफर पाउनुको साथै सात जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि उपहारस्वरुप जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले नि : शुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छूट सुविधा दिइने छ भने लेवर चार्जमा २०प्रतिशतसम्मको छूट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छूट पाइनेछ ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
