Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

मुक्तिनाथ विकास बैङ्कको नाफा ४२ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

मुक्तिनाथ विकास बैङ्कको नाफा ४२ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

मुक्तिनाथ विकास बैङ्कको नाफा ४२ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

काठमाडौं, ८ माघ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासमा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको यो बैङ्कको नाफा समिक्षा अवधिमा भने ३२.९३ प्रतिशतले घटेको हो । 

बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी ३८.९० प्रतिशतले घटेको छ । 

गत आवको दोस्रो त्रैमासमा १९ रुपैयाँ ५१ पैसा प्रतिसेयर आम्दानी रहेकोमा समीक्षा अवधिमा सो रकम घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको हो ।  बैङ्कको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.८० प्रतिशत र कुल सञ्चालन आम्दानी ३.१६ प्रतिशतले बृद्धि भएको छ । 

गत आवको दोस्रो त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी २ अर्ब ४ करोड ४४ लाख ३४ हजार रुपैयाँबाट बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २३ करोड ६१ लाख रुपैयाँबाट बढेर २४ करोड ७४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब २९ करोड ४२ लाख ६१ हजार रुपैयाँबाट बृद्धि भई २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको बैङ्कको वित्तीय विवरणमा उल्लेख छ । 

खराब कर्जा बृद्धिसँगै बैङ्कको इम्पेरिमेन्ट चार्जसमेत बृद्धि भई ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।  गत आवको तुलनामा समीक्षा अवधिमा बैङ्कको खराब कर्जा भने १५६.१२ प्रतिशतले बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ०.९८ प्रतिशत मात्रै रहेको खराब कर्जा समीक्षा अवधिम बढेर २.५१ प्रतिशत पुगेको हो । 

खराब कर्जासँगै इम्पेरिमेन्ट चार्ज बृद्धि भएको कारण खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढे पनि बैङ्कको नाफा प्रभावित भएको देखिन्छ । बैङ्कको नाफामा गिरावट आएका कारण प्रतिसेयर आम्दानीसमेत घटेको छ । 

हाल बैङ्कको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड ९४ लाख सञ्चित रहेको छ । पुस मसान्तसम्म मुक्तिनाथ विकास बैङ्कले १ खर्ब १२ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९६ अर्ब २९ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०३ पैसा, बेस रेट १०.९८ र कस्ट अफ फण्ड ८.५१ प्रतिशत र सिडी रेसियो ८६.५७ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार