Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

जगदम्बा मोटर्सले कन्टेन्ट क्रिएटरलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

जगदम्बा मोटर्सले कन्टेन्ट क्रिएटरलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

अर्थ प्लस
जगदम्बा मोटर्सले कन्टेन्ट क्रिएटरलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

काठमाडौँ, साउन २७ । जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै कन्टेन्ट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ। उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ। 

अन्य सोसल मिडिया प्ल्याटफर्मभन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट गर्न तथा आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टमार्फत् पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन्।

कम्पनीका अनुसार एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबैभन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो। टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताएकी छन्। 

साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने पनि उनले सुनाइन् त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने अपेक्षा गरेको बताए ।

कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकको भनाइ छ। पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनि आम्दानी गर्न सक्ने सुविधा प्रदान गर्ने आयोजकले बताएको छ। जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो।

सम्बन्धित समाचार