Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

अर्थ प्लस
एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

काठमाडौँ, साउन २८ । नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् ।

ग्राहकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बाट यो सुविधा पाउने भएका हुन् ।

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यको घोषणा गरेको छ । 

अब एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरूबाट फाइनान्स सुविधा प्राप्त गर्ने बताइएको छ ।

यसरी गाडी किन्दा बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टका रूपमा बुझाउनुपर्ने छ ।

सम्बन्धित समाचार