Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

माउन्ट एभरेष्ट पावरलेआईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

माउन्ट एभरेष्ट पावरलेआईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

माउन्ट एभरेष्ट पावरलेआईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं, ८ माघ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

यस सम्बन्धी सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो । 

कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचार