Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एमडीएमएस, टेरामक्स, एनसेल आदिमा चलखेल तथा गैरकानुनी रूपमा सिजिटेलिकमको लाईसेन्स रोक्नु नै खनालको राजिनामाको कारण

एमडीएमएस, टेरामक्स, एनसेल आदिमा चलखेल तथा गैरकानुनी रूपमा सिजिटेलिकमको लाईसेन्स रोक्नु नै खनालको राजिनामाको कारण

एमडीएमएस, टेरामक्स, एनसेल आदिमा चलखेल तथा गैरकानुनी रूपमा सिजिटेलिकमको लाईसेन्स रोक्नु नै खनालको राजिनामाको कारण

काठमाडौं, २६ पुस - पुरूषोत्तम खनालको राजिनामा आजका आजै स्वीकृत हुनुले दूरसञ्चार क्षेत्र निकै तातेको छ । विभिन्न समयमा आर्थिक चलखेलको आरोप झेल्दै आएका खनाललाई आज सरकारले राजिनामा गर्न वाध्य बनाएर  रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ 'क' बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।

दूरसञ्चार नियमावलीको नियम ३ (क) अनुसार कुनै कारणले अध्यक्ष पद रिक्त भएमा सरकारले अध्यक्षको पदपूर्ति नभएसम्मका लागि सदस्य वा प्राधिकरणको कुनै वरिष्ठ निर्देशकलाई बढीमा छ महिनासम्मका लागि कार्यवाहक अध्यक्ष तोक्न सक्छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले पेश गरेको राजिनामा स्वीकृत गर्ने र रिक्त अध्यक्ष पदमा नियुक्तीको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने आजको  बैठकले निर्णय गरेको थियो।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले २०७६ साउन ९ गते अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यकाल २०८१ साउन ९ गते सकिनेवाला थियो ।उनले भने स्वैच्छिक राजिनामा दिएको बताएका छन् ।

यस्ता छन् खनाललाई लागेका आरोपहरू 

 १.ठुलो चलखेलको आशंखामा एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।

२. खनालले टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ९३ अर्ब १२ करोडको परियोजनामा अनियमितता गरेको आरोप खेपिरहेका छन्। 

३.उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ भने अक्तियारले समेत छानविन गरिरहेको छ ।

४.स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको

५.अवैधानिक हिसाबले सिजी टेलिकमलाई लाइसेंस दिन रोकेको ।विद्युतीय माध्यमबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्ने कार्यविधि २०७६ पनि खारेज गरेकोमा पनि खनालले आर्थिक प्रभावबाट प्रभावित भएको आरोप खेप्नुपर्छ परेको थियो ।

दूरसञ्चार मा ठुलो भुमिका खेल्दै आएको एनसेलको प्रभावमा परेर पनि केहि अन्य टेलिकम विरूद्ध गैरकानुनी निर्णय गर्दै आएको खनालले आरोप खेप्दै आएका थिए ।

सम्बन्धित समाचार