काठमाडाैं, ९ माघ । नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट अधिकृत बिक्रेता खोसिएको छ। ज्योति ग्रुप हिरो माेटरसाइकल ब्रान्ड आधिकारिक बिक्रेतामा चाैधरी समूह नियुक्त भएकाे छ ।
यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ।
