Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक, १० लाख रुपैयाँसम्म नगद छुट

हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक, १० लाख रुपैयाँसम्म नगद छुट

अर्थ प्लस
हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक, १० लाख रुपैयाँसम्म नगद छुट

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ–तिहारलाई लक्षित गर्दै 'फेस्टिभ डिलाइट २०८१' नामक योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको दशैं–तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूदेखि नै गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यशाली ग्राहकले 'मेड इन नेपाल हुन्डाई भेन्युु' लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतीक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यही ११ भदौदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्ने कम्पनीको भनाइ छ । हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना आगामी २२ मंसिर (छठ पर्व) सम्म लागू हुनेछ । 

यसै अवसरमा हालै चलिरहेको 'Hyundai Test Drive and Win' क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईका नेपालभर रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडीका लाइन अपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सकिने बताइएको छ । 

सम्बन्धित समाचार