Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नाडा अटो शोलाई लक्षित गर्दै भारतमा चर्चित पन्च ईभी अब नेपालमा, शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन्  ?

नाडा अटो शोलाई लक्षित गर्दै भारतमा चर्चित पन्च ईभी अब नेपालमा, शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन्  ?

अर्थ प्लस
नाडा अटो शोलाई लक्षित गर्दै भारतमा चर्चित पन्च ईभी अब नेपालमा, शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन्  ?

शुक्रवार, भदौ ७ २०८१
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न नयाँ मोडलहरू सार्वजिक गर्ने भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै लक्षित गरेर भारतमा चर्चित पन्च ईभी भित्र्याएको छ ।

भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका मार्केटिक म्यानेजर आभिरुची गिरीले बताएकी छन् । उनका अनुसार पन्च ईभी भारतमा मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।

नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको  छ । पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् । यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ ।

नाडा अटो शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन्  ?

पन्च ईभी हामीले नाडा अटो शोमा लन्च गर्दैछौं । कम्पनीले हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ । त्यसबाहेक टाटाको चर्चित मोडल टियागो पनि नाडा अटो शोमा रहन्छ । मुख्य आकर्षणमा यी दुई मोडल राख्ने सोचेका छौं । त्यसबाहेक बजारमा चलेका अन्य मोडलहरू पनि हुन्छन् । नाडालाई लक्षित गरेर ल्याइएको यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । 

 

सम्बन्धित समाचार