Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

CFMOTO ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपालमा, केके छन् विशेषता ?

CFMOTO ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपालमा, केके छन् विशेषता ?

अर्थ प्लस
CFMOTO ४५० एमटी उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपालमा, केके छन् विशेषता ?

काठमाडौँ, भदौ ८ । विश्वभर प्रसिद्ध मोटरसाइकल निर्माता CFMOTO, अत्यन्त प्रतिक्षित ४५०एमटीलाई नेपालमा लन्च गरिएको छ । नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नयाँ परिभाषा दिइने ४५०एमटी मोटरसाइकल ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिनेछ । 

अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि यो मोटरसाइकल उपयुक्त हुने कम्पनीको दावी छ । 

अत्याधुनिक पावर र पर्फर्मेन्स

४४९.५ सिसिको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ४४ हर्सपावर ९५०० आरपिएममा र ४४एनएमको टर्क ७६०० आरपिएममा दिन्छ । 

शहरमा क्रुज गर्दा होस् या कुनै उबड-खाबड भूभाग, ४५०एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।

bike news.JPG

स्लिम र आक्रामक डिजाइन

४५०एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थितिलाई कतबलमयगत बनाउँछ ।

पूर्ण रूपमा एलइडी लाइटले सुसज्जित, ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । 

यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ केजी रहेको छ साथै बाइक BOSCH ABS र TCS ले पनि सुसज्जित छ ।

अत्याधुनिक प्रविधि र सुविधाहरू

CFMOTO ले ४५०एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल टिएफटि ६ इन्चको डिस्प्ले रहेको छ, जसमा बाइकको सबै जानकारी जस्तैः स्पीड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुनेछन् । 

डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।

mt bike.JPG

सुरक्षा प्रमुख प्राथमिकता हो र ४५०एमटी यही सोचबाट बनेको छ । बाइकमा डुअल च्यानल एबिएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ ।

शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबिएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ ।

अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा  BOSCH ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र केवाइबि सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ

एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ ।

Capturemt bike.JPG

१७.५ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२०एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।

CFMOTO एक अग्रणी हाई परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स (एटिभि), र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो । 

सम्बन्धित समाचार