Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

नेप्सेको ओरालो यात्रा जारी : कारोबार रकम ४ अर्ब २९ करोड, हिमालयन रि–इन्स्योरेन्सको सार्वधिक कारोबार

नेप्सेको ओरालो यात्रा जारी : कारोबार रकम ४ अर्ब २९ करोड, हिमालयन रि–इन्स्योरेन्सको सार्वधिक कारोबार

नेप्सेको ओरालो यात्रा जारी : कारोबार रकम ४ अर्ब २९ करोड, हिमालयन रि–इन्स्योरेन्सको सार्वधिक कारोबार

काठमाडौ, ९ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४० अंकले घटेर दुई हजार ९८ अङ्कको विन्दुमा कायम भएको हो । 

अधिकांश बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो । आज घटेर बन्द भएको नेप्सेमा आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३७ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

आज दिनभरिमा ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । य कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अपि पावरको १८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । 

मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ९० प्रतिशतका दरले गुमाएका छन् । 

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

– हिमालयन रिइन्स्योरेन्सः ५५ करोड ९ लाख रुपैयाँ

– अपी पावरः १८ करोड १० लाख रुपैयाँ

– एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ५५ लाख रुपैयाँ

– ङादी ग्रुप पावरः ११ करोड ६० लाख रुपैयाँ

– सोनापुर मिनरल्सः १० करोड ६७ लाख रुपैयाँ

– अरुण काबेली पावरः १० करोड ६५ लाख रुपैयाँ

– माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ

– एनआईसी एसिया बैंकः ६ करोड ६७ लाख रुपैयाँ

– शिवम सिमेन्टः ६ करोड ५९ लाख रुपैयाँ

– नेपाल पुनर्बीमा कम्पनीः ६ करोड २३ लाख रुपैयाँ

सम्बन्धित समाचार