Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अटो

भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

भेष्पा अप्रिलिया खरीद गर्दा सरल फाइनान्स सुबिधा, डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारी

काठमाडौ, ९ माघ । डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारीमा भेष्पा अप्रिलिया खरीदकर्ताले सरल रूपमा फाइनान्स सुबिधा प्राप्त गर्ने भएका छन ।

भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ ।
नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । 

यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।
डेल्टा अटोकर्प प्रा.लि का सि.इ.ओ तथा निर्देशक विजय महत्तो भन्छन्, “डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्ग हरुप्रति समर्पित छ । हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौं कि डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई  नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ । 

यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुबिधा सुनिश्चित गर्दछ ।”
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्नुहुन्छ, “हाम्रो सरल फाइनान्स सुबिधाले ग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु¥याँउछ । हाम्रो सरल र सुलभ फाइनान्स  प्रकृयाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौ ।”

डेल्टा अटोकर्प प्रा.लि र हुलास फिनसर्भ हायर पर्चेजको सहकार्यले ग्राहकहरुलाई उत्कृष्ट फाइनान्सिङ सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउने विस्वास कम्पनीको छ ।

सम्बन्धित समाचार