Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

नेप्सेको ओरालो यात्रा कायमै : कारोबार रकम तीन अर्ब ८९ करोड, कसले कति गुमाए ?

नेप्सेको ओरालो यात्रा कायमै : कारोबार रकम तीन अर्ब ८९ करोड, कसले कति गुमाए ?

नेप्सेको ओरालो यात्रा कायमै : कारोबार रकम तीन अर्ब ८९ करोड, कसले कति गुमाए ?
काठमाडौँ ,१० माघ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । 
 
यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ । 
 
आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता शेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएका छन् । 
 
बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह एक दशमलव २७ र लगानी समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।
 
चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ ।
 
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २५ करोड १५ लाख ६८ हजार ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको पाँच लाख ७१ हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार