Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट राहत बितरण

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट राहत बितरण

अर्थ प्लस
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट राहत बितरण

१२ असोज, काठमाडौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ ।

शुक्रबारदेखिको अविरल अनपेक्षित वर्षाका कारण पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो । नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार