Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

पुसमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय करिब ३ अर्ब, कुन कम्पनीको कति ? (सुचीसहित)

पुसमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय करिब ३ अर्ब, कुन कम्पनीको कति ? (सुचीसहित)

पुसमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय करिब ३ अर्ब, कुन कम्पनीको कति ? (सुचीसहित)

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार यी कम्पनीहरुले पुस महिनामा मात्रै ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ८४ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

काठमाडौ, ११ माघ । आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुष महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले २ अर्ब ८४ करोड २९ लाख ६९ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । उक्त समयमा यी बीमा कम्पनीहरूले ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

नेपाल लाइफले संकलन गर्यो सबैभन्दा धेरै प्रथम बीमा शुल्क

पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुसमा ५६ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । पुष महिनामा नेपाल लाइफले १७ हजार ५७३ वटा बीमा पोलिसी बिक्री गरेको छ । 

अन्य कुन कम्पनीको कति ?

नेपाल लाइफपछि दोस्रोमा सबैभन्दा धेरै नयाँ व्यवसाय  आर्जन गर्न सफल कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीले यस अवधिमा ७३ हजार ४१ वटा बीमा पोलिसी विक्री गरी ३७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले २४ करोड १८ कुल बीमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले २३ करोड ९९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, आईएमई लाइफले १७ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १७ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

रिलायबल नेपाल लाइफले १५ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

अन्य कुन कम्पनीको कति ? हेनुस् सुची 

3.JPG

2.JPG

सम्बन्धित समाचार