Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

मधेश प्रदेशमा प्रमुख कृषि उपजले ढाकेको भू–क्षेत्रफल ३.१६ प्रतिशत बढ्यो

मधेश प्रदेशमा प्रमुख कृषि उपजले ढाकेको भू–क्षेत्रफल ३.१६ प्रतिशत बढ्यो

अर्थ प्लस
मधेश प्रदेशमा प्रमुख कृषि उपजले ढाकेको भू–क्षेत्रफल ३.१६ प्रतिशत बढ्यो

अर्थ प्लस

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा मधेश प्रदेशमा प्रमुख कृषि उपजले ढाकेको भू–क्षेत्रफल ३.१६ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा यस प्रदेशमा प्रमुख कृषि उपजले (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफलमा ३.१६ प्रतिशतले वृद्धि भई १० लाख ३७ हजार ४४ हेक्टर पुगेको हो ।

गत आर्थिक वर्षको सोही वर्षमा उक्त भू–क्षेत्रफलमा ०.३ प्रतिशतले ह्रास भई १० लाख ६ हजार ६ सय ८३ हेक्टर पुगेको थियो । खाद्य तथा अन्य बाली समीक्षा वर्षमा आलुले ढाकेको क्षेत्रफलमा १.९९ प्रतिशतले वृद्धि भएको छ भने दलहनले ढाकेको क्षेत्रफलमा ९.८० प्रतिशतले ह्रास आएको छ । धान, तेलहन र गहुँले ढाकेको क्षेत्रफलमा क्रमशः ६.३१, ७.०१ र २४.९१ प्रतिशतल वृद्धि भएको छ । समग्र खाद्य तथा अन्य बालीले ढाकेको भू–भागमा ५.४६ प्रतिशतले वृद्धि भएको छ भने गत आर्थिक वर्षमा उक्त भू–क्षेत्रफलमा ०।४३ प्रतिशतले ह्रास आएको थियो । 

सम्बन्धित समाचार