Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– र्याली संस्करण सार्वजनिक

सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– र्याली संस्करण सार्वजनिक

अर्थ प्लस
सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– र्याली संस्करण सार्वजनिक

काठमाडौँ , असोज २७ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो– र्याली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ ।

साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स ९एक्सपल्स ओनर एक्सपेरियन्स० राइड्सको पनि आयोजना गर्दै आइरहेको छ । एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरूउपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथैअफ–रोड क्षेत्रमासमेत पूर्ण ग्रिपप्रदान गर्ने क्षमता राख्छ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सनसहितको यो बाइकमालामो साइड स्ट्यान्ड र लामो गियर लिभर पनि उपलब्ध गरिएको छ ।

२७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्ससहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियर बक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।

सम्बन्धित समाचार