नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले पनि सर्वसाधारण सेयर आइपिओ जारी गर्ने भएको छ। यो कम्पनी नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।
यस कम्पनीले प्रति सेयर रूपैयाँ अंकित दरमा ३ लाख ५६ सय कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको छ।
कम्पनीले यसका लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
