Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू अब इटहरीमा, केके छन् अफर ?

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू अब इटहरीमा, केके छन् अफर ?

अर्थ प्लस
टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू अब इटहरीमा, केके छन् अफर ?

सोमवार, कार्तिक ५ २०८१

काठमाडौँ र नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ ।

कम्पनीले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच उक्त विद्युतीय गाडीहरू सार्वजनिक गरेको हो । दशैँ-तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरूको खुसियालीको सारथीकै रूपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक-फरक रहेको छ । ग्राहकहरूले एसीइभी फ्ल्याटबेड २१ लाख १९ हजार रुपैयाँ नेपाली रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजार रुपैयाँमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजनाअन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरूमा ५० हजार रुपैयाँसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ ।

यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्च समेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा-सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लालबहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरू लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरूको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरू सुरक्षित देखिएको उल्लेख गरे ।  

सम्बन्धित समाचार