Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन

अर्थ प्लस
बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन

काठमाडौं, कात्तिक १५ । चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीले पहिलोपटक टेस्लाको भन्दा बढी आम्दानी गरेको छ । बीवाईडीको नाफा वर्षको तेस्रो त्रैमाससम्ममा ११.५ प्रतिशतले बढेको छ । चिनियाा सरकारले दिएको बलियो सहुलियतका कारण कम्पनीको बिक्रीमा वृद्धि आएको छ । जसका कारण नाफा बढेको छ ।  

जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीको खुद नाफा ११.६ बिलियन युआन(१.६३ बिलियन डलर) ले बढेको छ । वर्षको पहिलो ९ महिनामा कम्पनीको खुद नाफा १८.१ प्रतिशतले बढ्दै २५.२ बिलियन युआन पुगेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी २४ प्रतिशत बढ्दै २०१.१ बिलियन युआन(२८.२४ बिलियन डलर) पुगेको छ । जुन टेस्लाको भन्दा बढी हो । यो अवधिमा टेस्लाको आम्दानी भने २५.२ बिलियन डलर रहेको छ ।  

यद्यपी टेस्लाले विश्वव्यापी बिक्रीमा अझै पनि बीवाईडीलाई पछि नै पारेको छ । 

सम्बन्धित समाचार