नेपाली बजारमा टोयाटाको नयाँ क्रसओभर गाडी भित्रिएको छ । विगत ५८ वर्षदेखि टोयोटा गाडी बिक्री गर्दै आएको बैद्यज् अर्गनाइजेशनले अगामी माघ २६ गते नेपाली बजारमा बिक्री सुरु गर्नेगरी यारिस क्रसओभर नेपाल ल्याएको हो ।
बैद्यज् समुह अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ल्याएको यो गाडी लामो समयदेखि नेपालमा प्रतिक्षा गरिएको गाडी हो ।
एक प्रिमियम मोडलको रुपमा नेपाल आएको यारिस क्रसओभरको लुक्स र डिजाइन निकै आकर्षक छ । कम्पनीका अनुसार हाल नेपाली बजारमा चल्तीका मोडलहरु बराबरकै साइजमा आउने यो गाडी कोरोला क्रसभन्दा मूल्य कम हुने अनुमान गरिएको छ ।
यो गाडीको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम रहेको छ । २६२० एमएम लामो ह्वीलवेस दिएको यो गाडीको उत्कृष्ट फिचर दिइएको छ । दुई भेरियन्टमा उपलब्ध यारिसको इन्ट्री लेभलको स्मार्ट भेरियन्टमा १७ इन्चको ह्वील र प्रिमियम भेरियन्टमा १८ इन्चको डिउल टोन ह्वील दिइएको छ ।
ड्यास बोर्डमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कार प्ले सहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको क्रसओभर मोडलमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ ।
त्यस्तै यो मोडलम इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटीक एसी, रियर एसी भेन्ट, ६ स्पीकर सहितको अडियो सिस्टम र १४ कलरको एम्वीयन्ट लाइट दिएको छ ।
टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ ।
सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर लगायतको फिचर दिएको छ ।
त्यस्तै फ्रन्ट डिपार्चर अलर्ट, पेडल मिसोपेरेसन कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरीङ सिस्टम, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर यो गाडीमा छ । कम्पनीले हालसम्म औपचारीक रुपमा मूल्य भने सार्वजनिक गरेको छैन ।
