Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड

बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड

अर्थ प्लस
बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड

बुधवार, मंसिर ५ २०८१
शेन्जेन, चीन । विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन (एनइभि) र पावर ब्याट्री निर्माता बिवाइडीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा ऐतिहासिक उपलब्धि हासिकल गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा १ करोडौं (एनइभि) गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन-शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो उपलब्धिले दिगो यातायातप्रतिको बिवाइडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।

कार्यक्रममा बिवाइडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले मन्तव्यका क्रममा कम्पनीको यात्रा सम्झिए । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुर्राष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे ।

वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बिवाइडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए । उनले भने, “१ करोड नयाँ उर्जा सवारीसाधन (एनइभि) उत्पादनको उपलब्धि बिवाइडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ ।”

13.jpg
undefined

कम्पनीले पहिलो ५० लाख एनइभि उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (एनइभि) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

१ करोड गाडी, डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीइओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । वाङले बिवाइडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए ।

उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको बताए । उनले भने, “बिवाइडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो ।”

बिवाइडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरूसँग अन्तर्वार्ता गरेका छन् ।

यी जानकारीहरू ‘द सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा सङ्कलित गरिएको छ । भविष्यतर्फ इंगित गर्दै वाङले बिवाइडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे र बिवाइडीका आधारभूतमार्गनिर्देशको परिचय दिए ।

12.jpg
undefined

उनले भने, “यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ ।” सो संरचनाले भविष्यका वर्षहरूमा बिवाइडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ ।

आगामी योजनामा, बिवाइडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बिवाइडीको सम्पूर्ण सवारीसाधन श्रृङ्खलामा व्यापक सुधार ल्याउनेछ ।

यो प्रतिबद्धताले बिवाइडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बिवाइडीले आफू विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको जनाउँदै आएको छ । 

सम्बन्धित समाचार