Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

ईभी ब्रान्ड दिपलले ल्याउने भयो निकै प्रतिक्षित कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’

ईभी ब्रान्ड दिपलले ल्याउने भयो निकै प्रतिक्षित कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’

अर्थ प्लस
ईभी ब्रान्ड दिपलले ल्याउने भयो निकै प्रतिक्षित कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टचइभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताउनु भयो । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोता माझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

15d14d5b-ff3d-42d9-b6f2-fa4e3ee32304.jpg
undefined

त्यसैगरी नेपाली टच इभेन्ट्सका राजगोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जन बीचको समन्वयको प्रमाण रहेको बताउनु भयो ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा बढि दिपल विक्री भइसकेको छ ।

सम्बन्धित समाचार