Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता शेयरको लिलामी भर्ने आज अन्तिम दिन

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता शेयरको लिलामी भर्ने आज अन्तिम दिन

अर्थ प्लस
एनएमबि बैंकको १ लाख ८० हजार कित्ता शेयरको लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं, मंसिर २३ । एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । जसका लागि आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
 
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
 
आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ । बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार