Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अब बजाजका मोटरसाइकल सरल फाइनान्समार्फत किस्तामा किन्न नागरिकता भए पुग्ने

अब बजाजका मोटरसाइकल सरल फाइनान्समार्फत किस्तामा किन्न नागरिकता भए पुग्ने

अर्थ प्लस
अब बजाजका मोटरसाइकल सरल फाइनान्समार्फत किस्तामा किन्न नागरिकता भए पुग्ने

आइतवार, मंसिर २३ २०८१
काठमाडौँ । अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रा.लि.ले नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत बजाज मोटरसाइकल खरिद गर्न सकिने स्किम ल्याएको हो ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस् भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो ।

यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् ।

यो स्किम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार