Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

शाइन रेसुंगा डेभलपमेन्टको लाभांश घोषणा, बार्षिक साधारणसभा पनि आह्वान

शाइन रेसुंगा डेभलपमेन्टको लाभांश घोषणा, बार्षिक साधारणसभा पनि आह्वान

अर्थ प्लस
शाइन रेसुंगा डेभलपमेन्टको लाभांश घोषणा, बार्षिक साधारणसभा पनि आह्वान

काठमाडौँ, मंसिर २४ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले लाभांश सहित अन्य एजेण्डाहरु परित गर्न पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालि, मणिग्राम रुपन्देहीमा बिहान ११ बजे बार्षिक साधारणसभा समेत बोलाएको छ ।

सभाले चुक्ताँ पुँजीको ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ बराबरको करसहित नगद लाभांश र सञ्चित मुनाफाको ३ प्रतिशत अर्थात् १४ करोड २० लाख १० हजार ७२९ रुपियाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आवको लेखापरीक्षकसहितको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वित्तीय विवरण, नाफानोक्सान, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्नेलगायतका एजेण्डा रहेका छन् ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम रहने शेयधरनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा सहभागी बन्ने मौका पाउनेछन् ।

सम्बन्धित समाचार