Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सहरी यातायातमा नयाँ युगको सुरुवात : टाटा म्याजिक BS6 नेपालमा पहिलोपटक सार्वजनिक

सहरी यातायातमा नयाँ युगको सुरुवात : टाटा म्याजिक BS6 नेपालमा पहिलोपटक सार्वजनिक

अर्थ प्लस
सहरी यातायातमा नयाँ युगको सुरुवात : टाटा म्याजिक BS6 नेपालमा पहिलोपटक सार्वजनिक

मङ्सिर २५, २०८१

नेपालगन्ज । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक BS6 आज नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ । कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि. का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि. का अध्यक्ष निम बा. चलाउने, सनराइज यातायात प्रा.लि. का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि. का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि. का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि. का अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गर्नुभयो ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि BS3, BS4 हुँदै आज BS6 संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५५ बजार हिस्सा कब्जा गरेको छ । हालसम्म ४,००० भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् ।

टाटा म्याजिक BS6 का प्रमुख विशेषताहरू :
. इन्जिन : ६९४ सीसी पेट्रोल इन्जिन
. शक्ति : ३० ज्ए
. टर्क : ५५ एनएम
. गियरबक्स : ५ स्पीड गियर
. पाङ्ग्रा : १३ इन्च टायर
. सुविधाहरू : डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ECO स्विच, ABS र सबै पाङ्ग्रामा एन्टी(रोलबार
. सुविधा : चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

WhatsApp Image 2024-12-10 at 11.29.37_f3de630e.jpg
undefined

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का AGM Sales, CVBU कृष्ण चन्दले भन्नुभयो, 'नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक BS6 उत्कृष्ट यातायात समाधान हो । यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ। सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ। ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं।'

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि., कमर्सियल भेहिकल्स बिजनेस युनिट (CVBU) का प्रोडक्ट म्यानेजर (Bus, Panel and Passenger Van) इन्द्रमणि पोखरेलले भन्नुभयो, 'टाटा म्याजिक BS6 ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ। यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।'

सिप्रदी ट्रेडिङ्ग प्रा.लि., नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक,ले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक BS6 जस्ता अत्याधुनिक गाडीहरू उपलब्ध गराउँदै ग्राहकहरूको भरोसा जित्न सफल भएको छ।

सम्बन्धित समाचार