Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

यामाहा नेपालद्वारा काठमाडौंमा रिजनल सेल्स स्किल्स प्रतियोगिता आयोजना

यामाहा नेपालद्वारा काठमाडौंमा रिजनल सेल्स स्किल्स प्रतियोगिता आयोजना

अर्थ प्लस
यामाहा नेपालद्वारा काठमाडौंमा रिजनल सेल्स स्किल्स प्रतियोगिता आयोजना

काठमाडाैं, मंसिर २५ । यामाहा नेपालले काठमाडौंमा सफलतापूर्वक आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट आयोजना गरेको छ। यस प्रतियोगितामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धा अटो बेसिक, प्रोडक्ट र सेल्स प्रोसेस प्रशिक्षणपछि मूल्याङ्कन गरिएको थियो।

प्रतियोगिता का विजेताहरूको घोषणा यस प्रकार गरिएको थियोः विजेताः बिकाश रंजितकार (द व्हील्स प्रा.लि) पहिलो रनर–अपः कुश्मा देवकोटा (एमएडब्लू प्रा.लि., बल्खु) दोस्रो रनर–अपः सुमित महर्जन (गोर्खा मनकामना अटो इन्टरप्राइज, रातोपुल)

प्रतियोगितामा यामाहा नेपालका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेताहरूसम्म प्रमाणपत्र र ट्रफी प्रदान गरे। उनले सहभागीहरूको कडा परिश्रम र समर्पणको प्रशंसा गर्दै, यामाहा सधैं उत्कृष्टता र निरन्तर सिकाइको संस्कृतिलाई बढावा दिने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार