Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

अर्थ प्लस
नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं, मंसिर २६ । एनआईसी एशिया बैंक लिमिटेडले नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। सो सेयर खरिदका लागि आज (मंसिर २६ गते) देखि पुस ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। नागरिक लगानी कोषको संस्थापक सेयरको न्यूनतम मूल्य ७६३ रुपैयाँ तोकिएको छ भने सूर्योदय वोमीको २७७ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता सेयर अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँ र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका जिल्ला कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार