Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट

सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट

अर्थ प्लस
सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट

काठमाडौं, पुस १ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

सम्बन्धित समाचार