काठमाडौँ , पुस ५ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २७ गते शनिबार उन्नाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको धरान–१ स्थित सनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।
त्यस्तै खर्च अनुमोदन गर्ने, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
