काठमाडौं, १७ माघ । टोयोटा मोटर कर्प २०२३ मा विश्वको सबैभन्दा बढी बिक्री हुने कार निर्माता थियो। यस अवधिमा कम्पनीले विश्वभर ११.२ मिलियन सवारी साधन बिक्री गरेको छ । टोयोटाले लगातार चौथो वर्ष जर्मन कार कम्पनी फक्सवागनलाई पछि पारेको हाे।
बिक्रीको हिसाबले दोस्रो स्थानमा रहेको फक्सवागनले वार्षिक १२ प्रतिशतको वृद्धिका साथ ९२.४ लाख कार बिक्री गरेको छ।
कम्पनीको उत्पादन पनि बढ्याे
ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीको यस बिक्रीमा यसको सहायक कम्पनी दाइहात्सु र हिनोको पनि हात रहेकाे छ। सन् २०२२ को तुलनामा टोयोटाका गाडीको बिक्री ७.२ प्रतिशतले बढेको छ ।
यससँगै टोयोटाको उत्पादन २०२२ को तुलनामा २०२३ मा ८.६ प्रतिशतले बढेर १.१५ करोड पुगेको छ। आपूर्ति श्रृंखलामा सुधार तथा उत्तरी अमेरिका र युरोप जस्ता बजारहरूमा स्थिर मागले टोयोटालाई बिक्री बढाउन सहयाेग गरेको हाे।
हाइब्रिड मोडलका कारण बिक्री बढ्याे
विश्व बजारमा विद्युतीय कारको माग बढिरहेको समयमा टाेयाेटाकाे बिक्री बढेकाे खबर बाहिरिएकाे हो। तर विश्वको सबैभन्दा ठूलो कार बिक्रेता टोयोटा विद्युतीय गाडीको बिक्रीमा भने निकै पछाडि छ । यसले गत वर्ष १.०४ लाख ईभी मात्रै बिक्री गरेको थियो।
टोयोटाको बिक्री बढ्नुमा सबैभन्दा ठुलाे कारण हाइब्रिड मोडलका गाडी रहेको छ । इलेक्ट्रिक र हाइब्रिड कारकाे बिक्रीमा सबैभन्दा अगाडी ३०.२ लाखकाे संख्यामा बेचिएकाे बीवाइडी रहेकाे छ। त्यसपछि, टेस्ला रहेकाे छ । २०२३ मा टेस्लाले १८.१ लाख ईभी बेचिएको छ।
गत वर्ष भारतमा २.३१ लाख गाडी बिक्री
भारतीय बजारमा पनि टोयोटाले २०२३ मा कुल २ लाख ३१ हजार ४६९ गाडी बिक्री गरेको छ । यसैगरी, २०२३काे डिसेम्बरमा कम्पनीले २१ हजार ३७२ कार बेचेकाे छ । कम्पनीले वार्षिक रुपमा नाफा कमाएको छ ।
सन् २०२२ को डिसेम्बरमा १० हजार ४२१ युनिट मात्रै बिक्री भएको थियो । त्यस्तै, २०२३काे नोभेम्बरमा कम्पनीले १७ हजार ८१८ युनिट बिक्री गरेको छ जुन २०२३ नोभेम्बरको तुलनामा करिब ३ हजार ५५४ युनिट बढी हो ।
