Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग

एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग

अर्थ प्लस
एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग

काठमाडाैं, पुस १२ । एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड  काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा सम्पन्न भएको छ । 

यात्राको आयोजना पुस ५ र ६ गते गरिएको थियो ।

कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिइएको छ । 

कार्यक्रममार्फत आयोजकले सहभागीहरुलाई रोमाञ्चक यात्राको अनुभवका साथै, सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

“राइड फर चेन्ज” पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । 

भिमसेन मा. वि. एक दुर्गम विद्यालय हो ।  यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।  

आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । 

यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । 

यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलोपटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । 

रोमाञ्चक साहसिक गतिविधि र सीएसआर  योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बतायो ।

एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । 

यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । 

यस्ता  पहलहरूको माध्यमबाट, समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए । 

सम्बन्धित समाचार