Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

काठमाडौं, पुस १२ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)मा आबद्ध भएको छ  । भुक्तानीसम्बन्धी कारोबारलाई एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबिच सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्  ।

सम्झौतापश्चात् ग्राहकले प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार