Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आइएमई लाइफबाट ४३ जनाले पूरा गरे एमडीआरटीको लक्ष्य

आइएमई लाइफबाट ४३ जनाले पूरा गरे एमडीआरटीको लक्ष्य

अर्थ प्लस
आइएमई लाइफबाट ४३ जनाले पूरा गरे एमडीआरटीको लक्ष्य

काठमाडौं, पुस १८ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ४३ जना र सीओटीमा एक जनासहित ४४ जना योग्य भएका छन् ।

अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी यस कम्पनीबाट उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका हुन् । बागमती प्रदेशबाट भने एक जना कोर्ट अफ द टेबल (सीओटी) का लागी योग्य भएको कम्पनीले जनाएको छ ।

कोशी प्रदेशबाट २० जना, मधेश प्रदेशबाट २ जना, बागमती प्रदेशबाट १० जना एमडीआरटी र एक जना सीओटीसहित कुल ११ जना, गण्डकी प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट ४ जना, सुदुरपश्चिमबाट ५ जनासहित २०२५ का लागि कुल ४४ जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेका हुन् ।

सम्बन्धित समाचार