Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

खराब कर्जा बढेपछि मेरो माइक्रोफाइनान्सको नाफा घट्यो

खराब कर्जा बढेपछि मेरो माइक्रोफाइनान्सको नाफा घट्यो

खराब कर्जा बढेपछि मेरो माइक्रोफाइनान्सको नाफा घट्यो

काठमाडौं, १९ माघ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले चालु आर्थिक वर्षको दाेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपनि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.०८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी समीक्षा अवधिमा २.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.१५ प्रतिशत घटेको छ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ५ करोड २ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ ५६ पैसा रहेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी भने ९ रुपैयाँ ७४ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ५० पैसा कम हो। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९.२२ गुणा रहेको छ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ५२ करोड निक्षेप तथा सापटीबाट १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार