Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सलिकोद्वारा दुई दिने अभिबृद्धि तालिम, कोशी प्रदेशका कर्मचारीहरूको सक्रिय सहभागिता

सलिकोद्वारा दुई दिने अभिबृद्धि तालिम, कोशी प्रदेशका कर्मचारीहरूको सक्रिय सहभागिता

अर्थ प्लस
सलिकोद्वारा दुई दिने अभिबृद्धि तालिम, कोशी प्रदेशका कर्मचारीहरूको सक्रिय सहभागिता

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले पुस १९ र २० गते इटहरीको होटल बरण्डामा उक्त तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थिती रहेको थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए ।

तालिम प्रशिक्षकहरूमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डर राइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए ।

प्रशिक्षकहरूले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरूमा जानकारी दिनुभएको थियो भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए ।

यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता  रहेका थियो । जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गरेको बताइएको छ । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको जानकारी दिएकोे छ । 

सम्बन्धित समाचार