काठमाडौं, १९ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ८८ हजार किलो मासु निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा नेपालले १ करोड ५३ लाख ३१ हजार रुपैयाँ बराबरको ८८ हजार किलो मासु निर्यात गरेको हो ।
गत वर्ष १ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबर १ लाख ४४ हजार किलो राँगा र भैंसीको मासु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष हङकङमा ८४ हजार किलो र भियतनाममा ६० हजार किलो मासु निर्यात भएको विभागले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ८८ हजार किलो मासु निर्यात भएको छ ।