काठमाडौं, माघ १३ । एनएलजी इन्स्योरेन्स कम्पनीले यही माघ २० गतेदेखि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।
कम्पनीले संस्थापक समूहतर्फको १९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो।
शेयर किन्न आवेदन दिँदा घटीमा संस्थापकतर्फ १ हजार र सर्वसाधारणतर्फ १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।
शेयर किन्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका साथै एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस शेयरमा माघ २७ गतेसमम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
